चुनावको अन्तिम रस्साकसी

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको कुराकानीको क्रममा  आफूहरु धेरै नबोल्ने र बोलेको कुरा पूरा गर्ने बाचा गरेका छन् । उनले प्रतिस्पर्धी दललाई तुच्छ गाली नगर्ने बताएका छन् । किनकी भोलिका दिनमा फेरि मिलेर जानुपर्ने विकल्प दलहरुलाई रहँदैन ।अब नेपाल कसैले खोस्न नसक्ने लोकतन्त्रको युगमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री देउवाले कम्युनिस्टलाई उसको बोलाइबाट नभइ काम गराईबाट नाप्नुपर्ने धारणा राखेका छन् । उनले सुन्दा मीठो लागे पनि नेपालजस्तो विविधताको देशमा राष्ट्रपतीय प्रणाली थाम्न सकिन्छ कि सकिँदैन भन्ने कुराको बिचार पुर्‍याउनुपर्ने बताएका पनि छन् ।

उनले माओवादी अध्यक्ष प्रचण्डले अचानक कुरा फेरेको तर उनको व्यवहारको विषयमा अहिल्यै धेरै बोल्न नचाहेको बताएका छन् । एमाले अध्यक्ष ओलीको लडाइँ लोकतन्त्रका लागि थियो कि कम्युनिस्ट शासनका लागि भन्ने कुरा आगामी दिनले फैसला गर्ने पनि देउवाले बताएका छन् । चुनावमा हिंसात्मक गतिविधि भइरहेको सन्दर्भमा प्रधानमन्त्री देउवाले भनेका छन्- अब चुनावपछि सर्वदलीय सहमति गरेर एउटा फैसलामा पुग्नैपर्छ, हिंसात्मक गतिविधिको सामना कसरी गर्ने, कि वार्ता गर्नुपर्‍यो कि मुकाबिला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »