डेम्बेलेलाई बिस्तारै टिममा एडजष्ट गराउने समय छैन- भाल्भर्डे

बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भाल्भर्डेले भनेका छन् कि उनका हालै आबद्ध भएका स्ट्राइकर डेम्बेलेलाई बिस्तारै बिस्तारै टिममा एडजष्ट गराउने समय छैन र उनी मंगलबारको च्याम्पियन्स लिग खेलमै बार्सिलोनाको प्लेइङ सेटमा आउनेछन् ।

लामो ट्रान्सफर प्रक्रिया पूरा गरी डेम्बेले बार्सिलोना पुगेका छन् र आफ्ना रोजाईका खेलाडीबारे प्रशिक्षक भाल्भर्डेले भनेका छन् कि उनी उत्कृष्ट टिममा आएका छन् र उनी तयार छन् ।

२० वर्षीय डेम्बेलेलाई बार्सिलोनाले गत साता शहरीया प्रतिद्धन्दी एस्पान्योलबिरुद्धको खेलमा सब्सिच्युड खेलाडीका रुपमा डेब्यू गराएको थियो । ‘हामी भोलि देख्नेछौं, मैले उसलाई प्लेइङ सेटमा राखेको छु, किनभने उ तयार भइसकेको छ ।’ भाल्भर्डेले एक पत्रकार सम्मेलनमाा भने ।

‘उ अधिक एकाग्रताका साथ राम्रोसाग प्रशिक्षण गरिरहेको छ । खेलको नतिजा जसुकै होस्, यदि उ पहिले नै आएको भए केहि समय हेरेर मात्र निर्णैय लिन सकिन्थ्यो । तर, अहिले समय छैन र हामीलाई हाम्रो वेष्ट दिनुछ ।’

भाल्भर्डे भन्छन् कि उनको टोलीले जस्तो खेलिरहेको छ त्यसमा निक्कै खुसी छन्, तर कठिन प्रतिद्धन्दीसामू यो भन्दा उच्चस्तरको प्रदर्शन चाहिन्छ ।

‘सुपरकपमा व्यहोरेको हार अब निक्कै टाढा भइसक्यो, र यसैगरी उच्च लयमा खेलको सामना गर्नु राम्रो हुन्छ । च्याम्पियन्स लिग हामी सबैका लागि महत्वपूर्ण छ र हामी यो जित्ने अवस्थामा प्रगति गर्न चाहन्छौं ।’ उनले भने ।

‘हामीले निक्कै उत्कृष्ट खेलिरहेका छौं र गत सप्ताहन्तमा ५-० को जित निकालेका थियौं, तर अहिलेको अवस्थामा हाम्रो प्रतिस्पर्धी समान स्तरको छ र च्याम्पियन्स लिगमा शानदार सुरुवात गर्नुछ ।’

‘मलाई मेरो जिम्मेबारीबारे राम्रोसाग जानकारी छ । बार्सिलोनाले बितेका सिजनहरुमा अधिकांश पटक च्याम्पियन बनेको छ । म यहाा आउादा सबै बुझेरै आएको हुा ।’

उनले भनेका छन् कि बार्सिलोनाको मौलिक खेलशैलीको रुपमा रहेको सर्ट पासिङ फुटबललाई परिवर्तन गर्ने आफ्नो कुनै योजना छैन ।

‘म कुनैपनि हालतमा यस्तो गर्ने योजनामा छैन । यस क्लवले अहिलेसम्म एक निश्चित तरिकाको भूमिका निभाइरहेको छ । एक हदसम्म मलाई अनुकुल बन्नुछ र मेरा प्रभाव पनि देखाउनुछ ।’ भाल्भर्डेले भने ।
‘हामी एक बलियो युभेन्टसबिरुद्ध खेल्दैछौं, तर, उसले बोनुक्कीजस्ता खेलाडीलाई यस सिजन गुमाएको छ र पनि उ एक राम्रोसाग तयार पारिएको टोली हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »