दूध र मासुमा नुवाकोट बन्यो आत्मनिर्भर

१० भदौ, नुवाकोट। नुवाकोट जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ ।  सञ्चालित कार्यक्रम समयमै सम्पन्न गर्न किसानले चासो नदिँदा अण्डामा भने आत्मनिर्भर हुन सकेको छैन् ।

पशुसेवा कार्यालय नुवाकोटकाअनुसार जिल्लामा दूधको माग १९ हजार २३३ मेट्रिक टन रहेकोमा त्यो भन्दा बढी उत्पादन गरी बाहिरी जिल्लामा समेत निकासी गर्न सुरु भएको छ ।

माग भन्दा ३२ सय मेट्रिक टन बढी दूध उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाएर बाहिरी जिल्लामा निर्यात सुरु गरेको वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज भट्टले जानकारी दिए ।

दूधसँगै मासुको पनि माग भन्दा बढी उत्पादन गर्दैै यो जिल्ला मासुमासमेत आत्मनिर्भर हुन सक्षम भएको छ । पशु विकास अधिकृत भट्टकाअनुसार जिल्लाका लागि १० हजार ५६५ मेट्रिक टन मासु आवश्यक रहेकोमा त्यो भन्दा बढी उत्पादन भएसँगै नुवाकोट मासुमा पनि आत्मनिर्भर बन्न सक्षम भएको हो ।

माग भन्दा बढी उत्पादन गर्दै एक हजार ९८९ मेट्रिक टन मासु बाहिरी जिल्लामा समेत निर्यात भएको पशु विकास अधिकृत भट्टले जानकारी दिए ।

“दूध र मासुमा आत्मनिर्भर हुन, गाईभैँसी, ब्राख्रा, बंगुर, कुखुरापालनको कार्यक्रमलाई सहयोग पु¥याएर बहुसंख्यक किसानलाई सहभागी गराउन सफल भएका छौँ,” उनले भने– “किसानको सहभागिता वृद्धिसँगै उच्च जातको पशुचौपायपालन र नश्ल सुधार कार्यक्रमलाई प्रभावकारी बनाइएको छ ।”

जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउन कुखुराको चल्ला वितरण तथा खोर निर्माण कार्यक्रममा किसान आकर्षित नहुँदा लक्ष्य पूरा हुनसकेन् । जिल्लामा ४९ लाख ५२ हजार अण्डाको माग रहेकामा अहिले ४७ लाख ९२ हजार मात्र उत्पादन भएको पशु कार्यालयको तथ्यांक छ ।

लक्षित कार्यक्रम यो वर्ष समयमै सञ्चालन गर्ने योजना बनाएकाले अण्डामा पनि यो जिल्ला आत्मनिर्भर हुन सफल हुने विश्वास पशु कार्यालयको छ । पशु एवं पक्षी प्रबद्र्धनका लागि राष्ट्रिय लक्ष्य हासिल गर्न जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी बनाएर स्थानीय क्षेत्रमा उत्पादन गर्नसक्ने उब्जनीले जिल्लालाई आत्मनिर्भर बनाउन प्रयास भइरहेको पशुसेवा कार्यालयले जनाएको छ ।

नुवाकोट जिल्ला गएको वर्षदेखि पशुचौपायलाई खुवाउने घाँसमा आत्मनिर्भर भएको थियो । सम्पन्न आर्थिक वर्षमा पशुपक्षीको विकास तथा प्रबद्र्धनका लागि रु पाँच करोड ८३ लाख लगानी भएकोमा यो वर्षमा उक्त कार्यक्रमका लागि जिल्लामा पाँच करोड १३ लाख बजेट छुट्टाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »