रियल मड्रिड र पीएसजी अन्तिम १६ मै भिड्ने

२५ मंसिर, काठमाडौं । च्याम्पियन्स लिगको नकआउट चरणमा रियल मड्रिडले पेरिस सेन्ट जर्मेन तथा बार्सिलोनाले चेल्सी प्रतिद्वन्द्वी पाएको छ ।

सोमबार भएको ड्र अनुसार साविकको विजेता रियल मड्रिड र पीएसजी प्रि क्वाटर फाइनलमै भिड्नेछन् । अर्को स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब चेल्सी प्रतिद्वन्द्वी पाएको छ ।

टोटनहृयाम र युभेन्टस, म्यानचेष्टर सिटी र बाजल, म्यानचेष्टर युइनाडेट र सेभिल्ला तथा लिभरपुल र पोर्टो भिड्नेछन् । यो पटक पाँच इंग्लिस क्लब अन्तिम १६ मा पुगेका छन् ।

च्याम्पियन्स लिगको नकआउट चरणमा बार्यन म्युनिखले बेसिक्टास र रोमाले शाख्तर डोनेस्कसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »